
काठमाडौंः सुनको मूल्य बिहीबार घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा एक हजार रुपैयाँले घटेर बजार मूल्य ९३ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य बिहीबार तोलामा १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार एक सय ५५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलाम ५ रुपैयाँ बढेर प्रतितोला एक हजार एक सय ६५ रुपैयाँ थियो।
अन्तराष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १६९२.५९ डलरमा कारोबार भएको छ । चाँदी १८.६१ डलर छ।