PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

अनिल सिंहले पहिलोपटक गाएको देउडा गीत ‘रेलिमोई’ सार्वजनिक



पहिलोपोस्ट

अनिल सिंहले पहिलोपटक गाएको देउडा गीत ‘रेलिमोई’ सार्वजनिक

काठमाडौं : गायक अनिल सिंहको स्वरमा देउडा गीत ‘रेलिमोई’ सार्वजनिक भएको छ। पप गायनमा चर्चा कमाएका अनिलले पहिलोपटक देउडा गीत गाएका हुन्।

रिदमराज जोशीले लेखेको देउडा गीतमा अनिलको संगीत र स्वर रहेको छ। गीतमा अनिलसँगै इटालियन मोडेल मार्गोस तटेला र निर्मल सिग्देलको अभिनय रहेको छ। गीतमा म्युजिक स्टेटको छायांकन, सम्पादन र निर्देशन रहेको छ।

सप्तरङ्ग नामक सांगीतिक टुरमा जाँदा देउडा गीत गाउनु पर्‍यो भन्दै प्रस्ताव आएसँगै यो गीत निर्माण गर्न अघि बढेको अनिलको भनाइ छ।

केही समयदेखि कन्सर्टमा मात्रै केन्द्रित भएका अनिलले ‘रेलिमोई’सँगै आफ्नो सक्रियता बढाएका छन्। ‘इञ्जिन गाडीमा २’ र ‘आइ लभ यु २’ गीत छिट्टै ल्याउने तयारी रहेको उनले बताए। उनले आफ्नो हिट गीतहरुको नयाँ सिर्जनालाई ‘द ग्रेट हार्मोनिस्ट २’ एल्बममा संग्रहित गर्दैछन्।

यसपटक उनले आफ्नै हिट एल्बम ‘द रियल हार्मोनिस्ट’कै नाम सापटी लिँदै एल्बम नै तयार गर्न लागेका हुन्।

‘गीतसंगीतसँगै अन्य कामहरू पनि छन्। गीतसंगीतको बदलिदो ट्रेन्डलाई अध्ययन गर्न जरुरी छ। यसकै लागि केही समय कन्सर्टमा मात्र केन्द्रित भए। सबै कामहरू योजना अनुसार नै अगाडि आउने छन्,’ उनले भने।

उनले आफ्नो हिट गीत ‘इञ्जिन गाडीमा’ र ‘आइ लभ यु’लाई कन्सर्टमा प्रस्तुत गर्ने भएका छन्। कन्सर्टमा गीत गाइसकेपछि मात्रै भिडियो मार्फत गीत सार्वजनिक गर्ने उनले बताए। उनले ब्याण्डसँगै ‘इञ्जिन गाडीमा पार्ट २ टुर’ समेत गर्न लागेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell