PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

डेब्यू बलिउड फिल्म ‘लाइगर’को ट्रेलरमा विजय देवरकोन्डा बक्सरको भूमिकामा



पहिलोपोस्ट

डेब्यू बलिउड फिल्म ‘लाइगर’को ट्रेलरमा विजय देवरकोन्डा बक्सरको भूमिकामा

दक्षिण भारतीय स्टार विजय देवरकोन्डा फिल्म ‘लाइगर’का कारण यतिखेर चर्चामा छन्। दक्षिण भारतीय फिल्म ‘डियर कमरेड’बाट चर्चा बटुलेका विजयको डेब्यू बलिउड फिल्म ‘लाइगर’को ट्रेलर सार्वजनिक भएको छ।

ट्रेलरमा देवरकोन्डालाई बक्सरको भूमिकामा देख्न सकिन्छ। फिल्मकी मुख्य अभिनेत्री अनन्या पाण्डे विजयकी प्रेमिकाको भूमिकामा देखिएकी छिन्।

दुई मिनेटको ट्रेलरमा विजयका केही लडाइँका दृश्यहरू पनि देखाइएको छ। त्यसैगरी, अन्तर्राष्ट्रिय बक्सर माइक टाइसन पनि फिल्ममा केमियो रोलमा देखिएका छन्। ट्रेलरमा माइक टायसन विजयलाई चुनौती दिन्छन्।

फिल्ममा बाहुबलीकी शिवगामी देवी अर्थात रम्या कृष्णनको पनि भूमिका रहेको छ। यस फिल्ममा उनले विजय देवरकोन्डाकी आमाको भूमिका निर्वाह गरेकी छिन्।

‘लाइगर’ विजयको पहिलो हिन्दी फिल्म मात्र नभएर अनन्याको पनि पहिलो तेलुगु डेब्यू फिल्म हो।

यो फिल्म करण जोहरको प्रोडक्सन हाउस धर्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो। पुरी जगन्नाथ निर्देशित यो फिल्म आगामी २५ अगस्ट अर्थात भदौ ९ गते रिलिज हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell