PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

राजस्व छलेर ल्याएका १ करोड रुपैयाँ बराबरको सामान चाबहिलबाट बरामद, कोठा भाडामा लिएर सामानको बिक्री गर्ने पुरुष समातिए



पहिलोपोस्ट

राजस्व छलेर ल्याएका १ करोड रुपैयाँ बराबरको सामान चाबहिलबाट बरामद, कोठा भाडामा लिएर सामानको बिक्री गर्ने पुरुष समातिए

काठमाडौं : राजस्व छलेर भारतबाट सामान बिक्री गर्ने एक जनालाई पहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको चाबहिलबाट ४० वर्षीय नवराज शर्मा भन्ने छविलाल अगस्तीलाई नियन्त्रणमा लिएको हो। उनले भारतबाट राजस्व छलिगरेर चुरोट, गुट्खा, मोटरसाइकलका विभिन्न पार्टसहरु लगायतका विभिन्न सामानहरू ल्याएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

अगस्तीले काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण हल नजिकै कोठा भाडामा लिएर श्रीमतीको नाममा श्रीजल एण्ड सुजता ट्रेडिङ कन्सर्न प्रालिबाट कारोबार गर्ने गरेको खुलेको छ। प्रहरीले कोठाबाट एक करोड बराबरको सामान समेत बरामद गरेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell