PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

एसपीपीसम्बन्धी पत्राचारको लागि देव गुरुङले गरे रुलिङको माग, ‘नाम परिवर्तन गरेर पास गर्ने तयारी भइरहेको छ’



पहिलोपोस्ट

एसपीपीसम्बन्धी पत्राचारको लागि देव गुरुङले गरे रुलिङको माग, ‘नाम परिवर्तन गरेर पास गर्ने तयारी भइरहेको छ’

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद देव गुरुङले सरकारले भित्रभित्रै अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्ने तयारी गरिरहेको आशंका व्यक्त गरेका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन्।

उनले हालै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौत गर्न लागिएको आशंका व्यक्त गरे। सांसद गुरुङले परराष्ट्र मन्त्रालयको पछिल्लो समयमा तत्कालै पत्राचार गर्न नसकिने र विभिन्न पक्षहरुसँग संवाद, सल्लाह, परामर्श गरेर मात्रै गर्ने अभिव्यक्ति दुःखद् रहेको बताए।

उनले परराष्ट्र मन्त्रालयको अभिव्यक्ति मन्त्रिपरिषद्को निर्णयविपरित भएको बताए। उनले अविलम्व एसपीपीसम्बन्धी पत्र पत्राचार गर्न रुलिङको माग गरे। सांसद गुरुङले म्युचिएल डिफेन्स क्रिटी, स्ट्राटेजी डिफेन्स प्याक्ट, स्टाटस अफ फोर्स एग्रिमेण्ट सोफा लगायतका नामबाट एसपीपी सम्झौता गर्ने कुरा भइरहेको बताए।

उनले भने, ‘अविलम्व एसपीपीसम्बन्धी पत्र पत्राचार गर्न रुलिङको माग गर्न चाहन्छु। एसपीपी सम्झौता नहुने भन्नेकुरा पछि अन्य वैकल्पिक नामहरुबाट कन्टेन्ट त्यही राखेर सैन्य सम्झौताको कन्टेन्ट राखेर अन्य विभिन्न नामबाट वर्क आउट गरिराखेको बुझिन्छ। म्युचिएल डिफेन्स क्रिटीको नामबाट पनि त्यो प्रयास चलिरहेको छ। स्ट्राटेजी डिफेन्स प्याक्ट भनेर पनि प्रयास चलिरहेको छ‍। कन्टेन्ट त्यही तर नाम परिवर्तन गरेर काम गर्ने कुरा अमेरिकी पक्षबाट भइरहेको छ। ती कुरा हुन नसके स्टाटस अफ फोर्स एग्रिमेण्ट सोफा भनेर भनिन्छ।’

सांसद गुरुङले एसपीपी सम्झौता पिस कोअप्रेशन एग्रिमेण्ट भनेर शीर्षक राखेर एसपीपी सम्झौता गर्ने प्रयास भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell