PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

एशियन शारीरिक सुगठनमा उमेशलाई रजत



पहिलोपोस्ट

एशियन शारीरिक सुगठनमा उमेशलाई रजत

काठमाडौं : नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राईले बुधवार रजत पदक जित्न सफल भएका छन्। उनले माल्दिभ्समा आयोजना भएको ५४औँ एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप अन्तर्गत ८० केजी तौलमा रजत पदक प्राप्त गर्न सफल भएको टोली व्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले बताए।

८ खेलाडी सहभागी सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाइल्याण्डका पतैवात अलकावातले कास्य पदक प्राप्त गरे।

यसअघि फिटनेस फिजिक तर्फ १७० सेमि उचाइसम्मको प्रतिस्पर्धामा राजु राईले नेपालका लागि कास्य पदक प्राप्त गरेका थिए। तीन खेलाडी सहभागी च्याम्पियनसिपमा महिलातर्फ एथलेटिक फिजिकमा सुजिता मानन्धरले छैटौँ स्थान हात पार्न सफल भएको राजभण्डारीले माल्दिभ्सबाट जानकारी गराए।

खेलाडीहरुको मनोबल उच्च राख्नका लागि नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेश संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई १ लाख ५० हजार र कास्य पदक प्राप्त खेलाडीलाई ७५ हजार नगदले सम्मान गर्ने घोषणा गरेको समेत राजभण्डारीले बताए।

यसैक्रममा नेपालले २०२३ मा आयोजना गर्ने ५५औँ एशियन शारीरिक सुगठन प्रतियोगिताका लागि नेपालका तर्फबाट अध्यक्ष राजेश बाबु श्रेष्ठ र एशियन फेडेरेशनका तर्फबाट दातुक पउल चुवाले सम्झौता पत्रमा हस्ताक्षर गरे।

प्रतियोगितामा भारतका एतीनदर सिंहले मि एशियाको उपाधि जितेका थिए। नेपाली टोली शुक्रवार स्वदेश फर्कने कार्यक्रम रहेको व्यवस्थापक राजभण्डारीले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell