PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

एसपीपीलाई पत्र नलेखिएको प्रति झलनाथ खनालको आक्रोश : देशको क्याबिनेटभन्दा बाहिर कतातिर रहेछ कार्यकारी अधिकार?



पहिलोपोस्ट

एसपीपीलाई पत्र नलेखिएको प्रति झलनाथ खनालको आक्रोश : देशको क्याबिनेटभन्दा बाहिर कतातिर रहेछ कार्यकारी अधिकार?

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई हालसम्म पत्र नलेखिनुको कारणबारे संसद्मा प्रश्न उठाएका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकमा उनले यस्तो प्रश्न उठाएका हुन्।

‘हामीले एसपीपी लिन्नौँ भनेर यस सदनबाट भनेको र मन्त्रिपरिषद्बाट निर्णय गरेको एक महिना भन्दा बढी भइसक्यो। हामीले चाडोभन्दा चाडो यो पत्र लेख्छौँ र यो कुरालाई रोक्छौँ भनेर सरकारले भनेको हो। र, अहिलेसम्म पनि के कारणले त्यसलाई लेख्न सकिएको छैन?’ उनले प्रश्न गरे।

कार्यकारी अधिकार भएको मन्त्रिपरिषद्ले निर्णय गरिसकेपछि त्यसको पालना नभएकोप्रति पनि खनालले प्रश्न उठाए।

उनले भने, ‘यो हाम्रो देशको क्याबिनेट भन्दा बाहिर कतातिर रहेछ कार्यकारी अधिकार? कार्यकारी अधिकार भएको क्याबिनेटले निर्णय गरिसकेपछि अब फेरि पनि अरु कसैले रोक्न सक्छ यो देशमा? के कारणले रोकिँदैछ, म गम्भीरता पूर्वक प्रश्न उठाउन चाहन्छु, सरकारसँग र प्रधानमन्त्रीसँग। यसलाई गम्भीरतापूर्वक लिइयोस्, चाडोभन्दा चाडो समाधान गरियोस्। राष्ट्रको भावनालाई प्रतिनिधित्व गरियोस्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell