PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

नेविसंघले गभर्नर महाप्रसाद अधिकारीको जलायो पुतला

नेविसंघले गभर्नर महाप्रसाद अधिकारीको जलायो पुतला

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेपाल विद्यार्थी संघले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ। नेविसंघले बिहीवार आरआर क्याम्पसअगाडि गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गर्दै उनको पुतला समेत दहन गरेको छ।

उनीहरुले गभर्नर अधिकारीविरुद्ध नारा लगाउँदै उनको राजीनामा माग गरेका थिए। नेकपा (एमाले)को अर्थ विभागका सदस्य एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै रहेको दावी गर्दै उनीहरुले गभर्नरलाई बर्खास्त गर्न माग गरेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell