PahiloPost

Feb 27, 2026 | १५ फागुन २०८२

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोभिड –१९ संक्रमण



पहिलोपोस्ट

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोभिड –१९ संक्रमण

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ। सामान्य लक्षण देखिएका बाइडेनको परीक्षणमा पोजेटिभ देखिएको हो। बाइडेनले खोपको पूर्ण मात्रा लगाएको र बुस्टर डोज समेत लिएको ह्वाइट हाउसले जनाएको छ। 

उनलाई सुख्खा खोकी लगायतका लक्षण रहेको सञ्चार माध्यमहरुले जनाएका छन्। प्रथम महिला जिल बाइडेनको परीक्षण भने नेगेटिभ रहेको जनाइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell