PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

फ्राइडे रिलिज : आजबाट 'शमशेरा' प्रदर्शनमा



पहिलोपोस्ट

फ्राइडे रिलिज : आजबाट 'शमशेरा' प्रदर्शनमा

काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा बलिउड फिल्म ‘शमशेरा’ प्रदर्शन भएको छ। रणवीर कपुरको मुख्य भूमिका रहेको यस फिल्मले ‘शोलो’ रिलिजको मौका पाएको हो।

शोलो रिलिज भएसँगै यस फिल्मले नेपाली मल्टिप्लेक्स हलहरूमा धेरै शो पाएको छ। नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘शमशेरा’ लाई उपत्यका भित्र र बाहिर गरेर जम्मा ३६ शो दिएको छ। त्यसैगरि, शमशेराले आज शुक्रवार कमलपोखरीस्थित बिग मुभिजमा १० वटा शो, चावहिलस्थित एफक्युबमा ९ शो, वान सिनेमाजले २० वटा शो र कमलादीको राइजिङ मलमा रहेको क्युज सिनेमामा ८ शो पाएको हो।

यशराज फिल्म्सले निर्माण गरेको यस फिल्ममा रणवीर पहिलोपटक दोहोरो भूमिकामा देखिएका छन्। फिल्ममा रणवीरका साथै सञ्जय दत्त र वाणी कपुरको पनि मुख्य भूमिका रहेको छ। फिल्ममा भिलेनको रूपमा देखिएका सञ्जयले दरोगा शुद्ध सिंहको भूमिका निर्वाह गरेका छन्। वाणी भने रणवीरकी प्रेमिकाको भूमिकामा देखिएकी छिन्।

यस फिल्मको कथा सन् १८०० को दशकको अन्ततिरको घटनामा आधारित छ, जहाँ डैकत आदिवासीहरूले आफ्नो अधिकार र स्वतन्त्रताका लागि बेलायतीहरूसँग गरेको लडाई देखाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell