काठमाडौं : साताको अन्तिम कारोबारको दिन नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ।
सुन तोलामा १ हजार र चाँदी १० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार कायम मूल्यमा सुनको कारोबार निर्धारण भएको यो साता तेस्रोपटक हो।
यसअघि सोमवार र बुधवार पनि सुन तोलाको ९४ हजार थियो। बिहीवार तोलाको ९३ हजार र साताको पहिलो दिन ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँ भएको छ। बिहीवार ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रवार सुन प्रतिऔंस १७१४.१५ डलर र चाँदी १८.७५ डलरमा कारोबार भइरहेको छ।