PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

बुढानिलकण्ठमा एक पुरुष मृत भेटिए



पहिलोपोस्ट

बुढानिलकण्ठमा एक पुरुष मृत भेटिए

काठमाडौं : काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक पुरुष मृत भेटिएका छन्।

बुढानिलकण्ठ नगरपालिका-३ बुढानिलकण्ठ मन्दिर नजिकै सडक पेटीमा सोही मन्दिर परिसरमा विगत केही महिना अगाडिदेखि बस्दै आएका पुरुष मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। ३७ वर्षीय सम्राट नगरकोटी मृत अवस्थामा फेला परेका हुन्।

शवलाई पोष्टमार्टमको लागि अस्पताल लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell