
काठमाडौं : गायक रामकृष्ण ढकालको स्वर रहेको ‘काली’ बोलको गीत सार्वजनिक भएको छ। चिन्तामणी सिवाकोटीको शब्द रचना रहेको गीतमा दीपक शर्माले संगीत भरेका छन्।
गीतका एरेन्जर भने पुरुषोत्तम सुवेदी हुन्। सुव्रतराज आचार्य निर्देशित गीतको भिडियोमा गायक ढकालका साथै नम्रता सापकोटा, दीपेश ढकाल र दीपेन गौतम माइकलको पनि अभिनय छ।
अगाध माया गरेको मान्छेले धोका दिँदा मनमा उत्पन्न भावलाई गीतमार्फत् व्यक्त गरिएको छ। साइव्रत आचार्यको स्टोरी बोर्ड रहेको भिडियोमा उत्सव दाहालको छायाङ्कन रहेको छ।
गायक ढकालले अडियोअनुसार भिडियो तयार भएकोमा खुशी व्यक्त गरे। यो गीतका शब्दले दर्शकको मनछुने उनको विश्वास छ।
‘मलाई गीतको शब्द सुन्दा नै मन परेको थियो। संगीत उस्तै मीठो सृजना भयो। भिडियोले गीतमा थप सुनमा सुगन्ध थपेको छ,’ उनले भने।
त्यस्तै, अभिनेत्री सापकोटाले भिडियोमा काम गर्दा रमाइलो भएको अनुभव साट्दै धेरैपछि फरक खालको पात्रमा अभिनय गर्न पाएको खुशी व्यक्त गरिन्।
गीतकार सिवाकोटीले भने विगतमा आफूलाई दुःख, झमेला दिने पात्रहरुलाई सम्झिएर गीत लेखेको बताउँदै भिडियो हेर्दा आनन्द महसुस भएको बताए।