PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

नयाँ तथा आधुनिक पत्रकारिता आजको आवश्यकता : प्रधानमन्त्री देउवा



पहिलोपोस्ट

नयाँ तथा आधुनिक पत्रकारिता आजको आवश्यकता : प्रधानमन्त्री देउवा

हेटौँडा : प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ तथा आधुनिक पत्रकारिता आजको युगको आवश्यकता रहेको बताएका छन्। उनले पत्रकारिता क्षेत्र थप जिम्मेवार र उत्तरदायी हुन आवश्यक रहेको समेत बताए।

हेटौँडामा आजबाट सुरु भएको नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिले नयाँ टेक्नोलोजीको सुरुवात भएको भन्दै प्रधानमन्त्री देउवाले स्वतन्त्रताको नाममा पत्रकारले उत्तरदायित्व भुल्न नहुने बताए।

‘आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रमले जनतालाई आर्थिक समृद्धितर्फ डोर्‍याउँछ,’ देउवाले भने।

उनले सञ्चारकर्मीले पनि देश र जनताप्रति उत्तरदायी बहन गर्दै सत्य र निष्ठ समाचारलाई जनतासामु सम्प्रेषण गर्ने बानी ब्यहोरालाई आत्मसात् गर्न सके मात्र प्रजातन्त्रको सुदृढीकरणमा बल मिल्ने बताए।

‘मुलुकको प्रजातन्त्र र राष्ट्रियताको संवर्द्धन गर्न नेपाल प्रेस युनियनको भूमिका अपरिहार्य हुन्छ,’ प्रधानमन्त्री देउवाले भने।

नागरिकता सुलभ ढङ्गबाट उपलब्ध गराउन सरकारले अहिले प्रतिनिधिसभामा नागरिकतासम्बन्धी नयाँ विधेयक दर्ता गरेको पनि उनले जानकारी दिए।

पत्रकार जगत उत्तरदायी भए समाज सही गतिमा अघि बढ्ने भन्दै प्रधानमन्त्री देउवाले पत्रकारिता क्षेत्रले लोकतन्त्र लाइ बलियो बनाउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell