PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

नेपाली महिला फुटबल टोलीको प्रशिक्षकमा कुमार थापा नियुक्त



पहिलोपोस्ट

नेपाली महिला फुटबल टोलीको प्रशिक्षकमा कुमार थापा नियुक्त
तस्बिर: एन्फा

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिपका लागि कुमार थापालाई प्रशिक्षकमा नियुक्त गरेको छ। साफ च्याम्पियनसिप सेप्टेम्बर ६ देखि १९ सम्म काठमाडौंमा हुँदैछ।

महिला फुटबल संघको पूर्व अध्यक्ष बृन्दा देवानले टिम म्यानेजरको जिम्मेवारी पाएकी छिन्। त्यस्तै प्रतियोगिताको आयोजनाका लागि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय समितिसमेत गठन गरेका छन्। जसमा एन्फा कार्यसमितिका सबै उपाध्यक्ष र कार्यकारी समितिका सदस्यहरु सदस्य रहनेछ।

त्यस्तै भेन्यु मेनेजरमा रबिन चन्दले जिम्मेवारी पाउँदा विजय घले लोकल जेनरल कोअर्डिनेटर र दिनेश व्यन्जनकारले शुरक्षातर्फको जिम्मेवारी पाएका छन्।

प्रतियोगिताको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल राइटका लागि सञ्जीव सिल्पाकारले जिम्मेवारी पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell