PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

प्रदेश संरचना खारेज हुनुपर्नेलगायतका माग राख्दै सडकमा उत्रियो राप्रपा नेपाल

प्रदेश संरचना खारेज हुनुपर्नेलगायतका माग राख्दै सडकमा उत्रियो राप्रपा नेपाल

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न माग राख्दै संयुक्त रुपमा आज राजधानीमा विरोध प्रदर्शन गरेका छन्।

प्रदेश संरचना खारेज हुनुपर्ने, धर्म निरपेक्षता खारेज गरी सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारिलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महँगी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माइतीघरबाट जुलुस निकालिएको थियो।

प्रदर्शनमा अध्यक्ष कमल थापासहित जनवर्गीय संगठनका नेता, कार्यकर्तासँगै पार्टीका नेताहरुको सहभागिता थियो।



ट्रेन्डिङ पोस्ट

Ncell