PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

आगामी निर्वाचनबाट माओवादी केन्द्रलाई देशको बागडोर समाल्न कसैले रोक्न नसक्ने प्रचण्डको दाबी



पहिलोपोस्ट

आगामी निर्वाचनबाट माओवादी केन्द्रलाई देशको बागडोर समाल्न कसैले रोक्न नसक्ने प्रचण्डको दाबी
फोटो : प्रचण्डको सचिवालय

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई देशको बागडोर समाल्ने पार्टी बन्न कसैले रोक्ने नसक्ने बताएका छन्। शुक्रवार पार्टी मुख्यालय पेरिसडाँडामा जनता समाजवादी पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले यस्तो बताएका हुन्।

‘यो देशमा माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन। मधेसी दलित जनजातिको अधिकार रक्षा हुन सक्दैन’, उनले भने, ‘आउने निर्वाचनमा माओवादीलाई देशको बागडोर आफ्नो हातमा लिन कसैले रोक्नेवाला छैन।’

उनले राजनीति सम्भावनाको खेल भएको भन्दै असम्भव भन्ने केही नभएकोसमेत बताए। माओवादी केन्द्रले हिजो मधेशको अधिकार प्राप्‍तिका लागि संघर्ष गरेको भन्दै उनले अगाडि भने, ‘हिजो जुन सुकै पार्टीमा भए पनि मधेशको अधिकारका लागि लड्नु भयो। मधेशमा मात्र झण्डै १३ सय माओवादी आन्दोलनका शहीदहरु भएका छन्।’

कार्यक्रममा जसपाका केन्द्रीय सदस्यहरु टेकबहादुर शाक्य र वीरेन्द्र प्रसाद यादवसहित मधेश प्रदेश समितिका सदस्यहरु सलाउद्दिन अहमद र जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष कृष्णमोहन यादवका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्। केन्द्रीय सदस्यसहितका २१ जना नेता/कार्यकर्ताहरुलाई प्रचण्डले माओवादी केन्द्रमा प्रवेश गराएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell