PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले घरजग्गा कर्जामा गर्‍यो कडाइ



पहिलोपोस्ट

मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले घरजग्गा कर्जामा गर्‍यो कडाइ

काठमाडौं : राष्ट्र बैंकले घरजग्गा कर्जामा कडाइ गरेको छ। यो कडाइले घरजग्गा कारोबारलाई थप संकुचित बनाउनेछ।

पछिल्लो समयमा तरलता अभावका कारण घरजग्गा कारोबार घट्न थालेको छ।

मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितो राखे निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालुबिचको अनुपात काठमाडौं उपत्यका भित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको छ।

यसअघि काठमाडौं उपत्यकाभित्र अनुपात ४० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशत थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell