काठमाडौं : नेपाल पूर्वाधार विकास बैंकको चुक्ता पुँजी बढ्ने भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार चालु आर्थिक वर्षका लागि मौद्रिक नीति प्रस्तुत गर्दै निफ्राको चुक्ता पुँजी वृद्धि गरिने जनाएका हुन्।
विशेषगरी नेपाल पूर्वाधार विकास बैंकको लगानी क्षमता अभिवृद्धि गर्न पुँजी बढाइने भएको हो। पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी स्थापना भएका संस्थाहरुलाई निफ्रासँग गाभेर चुक्ता पुँजी वृद्धि गर्ने राष्ट्र बैंकको योजना छ।
गत आर्थिक वर्षको अन्त्यसम्म निफ्राको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ।
यस अवधिमा बैंकले कुल १५ अर्ब ५३ करोड रुपैयाँ कर्जा बिस्तार गरेको छ भने बैंकको लगानी अन्य क्षेत्रमा देखिदैन।