PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

आयातको लागि प्रतित पत्र खोल्दा राख्नुपर्ने नगद मार्जिन पुनरावलोकन हुने



पहिलोपोस्ट

आयातको लागि प्रतित पत्र खोल्दा राख्नुपर्ने नगद मार्जिन पुनरावलोकन हुने

काठमाडौं : नेपाल राष्ट्र बैंकले आयातको लागि प्रतित पत्र खोल्दा राख्नुपर्ने नगद मार्जिनको व्यवस्थालाई क्रमिक रुपमा पुनरावलोकन गर्दै लाने भएको छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार चालु आर्थिक वर्षका लागि मौद्रिक नीति प्रस्तुत गर्दै केही वस्तुहरुको आयातका लागि प्रतित पत्र खोल्दा राखिने नगद मार्जिनलाई पूनरावलकन गरिने बताएका हुन्।

हाल राष्ट्र बैंकले आयात नियन्त्रण गर्न ५० देखि शतप्रतिशतसम्म मार्जिन राखेर मात्र व्यवसायीहरुले प्रतितपत्र (एलसी) खोल्नुपर्ने व्यवस्था छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गाडी मोटरसाइलकल लगायत वस्तु आयात प्रतिबन्ध भदौ १४ सम्म यथावत राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell