PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

पिज्जा डेलिवरी गर्न गएका थिए, ५ जनाको ज्यान जोगाएर फर्किए



पहिलोपोस्ट

पिज्जा डेलिवरी गर्न गएका थिए, ५ जनाको ज्यान जोगाएर फर्किए
Nicholas Bostic.Twitter

निकोलस बोस्टिक पिज्जा डेलिवरी गर्न गएका थिए। सन्दर्भ इन्डियानाको हो। त्यहाँको एक घरमा आगो लागेको थियो र भित्र मानिसहरु फसेका थिए। पिज्जा लिएर गएका निकोलस आगो लागेको घरको दोस्रो तत्लमा पुगेर त्यहाँ फेसका बालिकाको उद्दार गरे। आगो लागेको फुटेज हेर्दा उनले जे गरे त्यो निक्कै जोखिमपूर्ण देखिन्छ। घरको पछाडिबाट उनी माथितिर उक्लेका थिए। त्यहाँ उनले चार बालबालिकालाई फेला पारे जो फसेका थिए।

'मैले उनीहरुलाई मलाई पछ्याउँदै बाहिर निस्कन भनेँ। उनीहरु त्यसरी नै आए भर्‍याङबाट ओर्लिए र तल आइपुगे,' निकोलसले भनेका छन्, 'पछाडि ढोकामा पुगेर मैले अरु कोही बाँकी छ कि भनेर सोधेँ।' त्यहाँ एक ६ वर्षीया बालिका रहेको थाहा पाएपछि उनी उनको उद्दार गर्न झ्यालबाट भित्र गए। उनको हातमा गहिरो चोट लागेको छ। आगोको ज्वालाले पनि उनलाई नराम्ररी भेटेको थियो।

उनी बालिकालाई लिएर आउँदा उद्दार गर्न खटिएका अग्नि नियन्त्रकहरुले उनलाई सघाएको भिडियो फुटेजमा देखिन्छ। उनी चोटग्रस्त अवस्थामा चौरमा ढल्दा पनि बालिकाको अवस्थाबारे सोधिरहेका थिए।

'यो दुखाई अल्पकालीन हो,' उनले प्रतिक्रिया दिएका छन्। त्यहाँका अग्नि नियन्त्रकले निकलोसलाई असली हिरोको संज्ञा दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell