PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

दिल्लीमा आरजु राणासँग प्रधानमन्त्रीका लागि डिल भएको हो ? प्रचण्ड भन्छन् : वाइह्यात



पहिलोपोस्ट

दिल्लीमा आरजु राणासँग प्रधानमन्त्रीका लागि डिल भएको हो ? प्रचण्ड भन्छन् : वाइह्यात

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा रहेका वाम पार्टीहरुका बिचमा एकताका लागि छलफल भइरहेको बताएका छन्।

जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले चुनावी मोर्चा र पार्टी एकताबारेमा अहिले पनि छलफल चलिरहेको बताए। उनले जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईका बिचमा विभाजन भइसकेको र अब त्यसको औपचारिकता मात्रै बाँकी भएको टिप्पणी गरे। दुवै जनासँग आफ्नो कुराकानी भएको र समाजवादी केन्द्रमा यादवलाई पनि समावेश गरिने प्रचण्डले बताए।

'बाबुराम र उपेन्द्र दुवैसँग हाम्रो छलफल चलिरहेको छ। गठबन्धन भन्दा बाहिर जाने स्थिति छैन,' उनले भने।  प्रचण्ड,बाबुराम लगायतका नेताले समाजवादी केन्द्र बनाउन लगातार छलफल गर्दै आएका छन्। 

अहिले गठनबन्धनमा रहेका वाम पार्टीहरुका बिचमा मोर्चा या पार्टी एकताका लागि संयोजन समिति बनाउने तयारी भएको प्रचण्डले बताए। तर,अन्तिम निर्णय नभइसकेको उनको भनाई थियो।

'गठबन्धनभित्रका वामपन्थीका बिचमा राम्रो समझदारी बनाउन पर्छ। सकियो भने चुनावी मोर्चा हुन पनि सक्छ। भोलि पार्टी एकताका लागि संयोजन समिति पनि हुनसक्छ। अन्तिम निर्णय भइसकेको छैन्,' प्रचण्डले भने। वामपन्थी एकता समाजवादी केन्द्र जस्तै हुने पनि प्रचण्डको भनाइ छ। 

भारत भ्रमणमा प्रधानमन्त्री बन्नेबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासँग कुराकानी भएकोभन्नेबारे भने प्रचण्डले खण्डन गरे।

'यो सब हावा कुरा हो। कुनै सत्यता छैन्। भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको आपराधिक कुरा हो। एक छिन हामी दुतावासमा ब्रेकफास्टका लागि बसेको हो। त्यसलाई अन्तर्राष्ट्रिय तहमा लगिएछ। यस्ता वाइह्यात षड्यन्त्रमुलक प्रचारबाजीबाट सतर्क हुन आग्रह गर्छु,' प्रचण्डले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell