PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

कस्तो छ रणवीर कपुरको शम्शेरा? बलिउडका समीक्षक भन्छन् : खत्तम



पहिलोपोस्ट

कस्तो छ रणवीर कपुरको शम्शेरा? बलिउडका समीक्षक भन्छन् : खत्तम

यश राज फिल्मसको ब्यानरमा बनेको फिल्म शम्शेरा कस्तो छ? नेपालको मल्टिप्लेक्समा बलियो ब्यापार गरिरहेको फिल्मबारे दर्शकको चासो हुने नै भयो। रणवीर कपुर, सञ्जाय दत्त र वाणी कपुरजस्ता कलाकारको लिड रोल रहेकाले पनि फिल्मप्रति चासो हुनु स्वभाविक हो। बलियो स्टार कास्ट फिल्मको बलियो पक्ष हुँदाहुँदै बलिउडका समीक्षकहरु भने फिल्मप्रति पोजेटिभ सुनिएका छैनन्। आखिर किन उनीहरुले यस फिल्मलाई अमिर खानको सुपर फ्लप फिल्म ठग्स अफ हिन्दुस्तानको स्तरमा उनीहरुले व्याख्या गरेका छन्।

बलिउडको फिल्मलाई सबैभन्दा प्रवर्द्धन गर्ने बलिउड हङ्गामाले आउटडेटेड स्क्रिप्ट र आँकलन गर्न सकिने प्लटहरुले फिल्मलाई असफल बनाएको ठहर्‍याएको छ। 'बक्स अफिसमा फिल्म बहिस्कृत हुनेछ र ठूलो क्षति बेहोर्नेछ,' बलिउड हंगामाले भनेको छ। स्टारकास्टको फिल्ममा सधैं नरम रुपमा प्रस्तुत हुने तथा बलिउडको ट्रेडलाई सधैं आँकलन गर्ने पेज ३ अनलाइनले जुन हिसाबले फिल्मलाई मूल्याङ्कन गरेको त्यसले यसको खराबीको अवस्था चित्रण गर्छ। फिल्मलाई ५ मा १.५ स्टार दिनुले पनि समीक्षकले कुन तहमा शम्शेरालाई लिएका छन् भन्ने देखाउँछ।

टाइम्स अफ इन्डियाका समीक्षक पनि फिल्मप्रति पोजेटिभ देखिएका छैनन्। २.५ स्टार दिएका छन् फिल्मलाई समीक्षकले। तर फिल्म हेरेका एक दर्शकले टाइम्स अफ इन्डियाको समीक्षाको कमेन्ट बक्समा लेखेका छन् - यसलाई त जम्मा ०.१ स्टार दिनुपर्थ्यो। फिल्मको प्रस्तुतीलाई टाइम्स अफ इन्डियाले कमजोर रहेको टिप्पणी गरेको छ।

सन् १८०० को कथालाई पर्दामा उतार्दा सुस्तता देखिएको समीक्षकको टिप्पणी छ। रणवीर कपुर र सञ्जय दत्तले फिल्ममा रक्तसञ्चार गराउन खोजेको भए पनि अन्य पक्ष कमजोर रहेको उल्लेख गरेको छ। कमजोर स्टोरी लाइन, स्क्रिन प्ले र संवादले फिल्मलाई कमजोर बनाएको समीक्षकको धारणा छ। फिल्मका निर्देशक तथा सह लेखक करण मल्होत्राले वृहत सोचका साथ फिल्म अगाडि बढाउन खोजेको भए पनि असफल रहेको टिप्पणी समीक्षकको छ।
 

हिन्दुस्तान टाइम्सले भने फिल्मलाई तुलनात्मक रुपमा सकारात्मक प्रतिक्रिया दिएको छ। फिल्मलाई 'मसला इन्टटेनर' भन्दै मनोरञ्जनात्मक रहेको उल्लेख गरेको छ।

इन्डियन एक्सप्रेसले त फिल्मलाई 'बिग ब्याड, लाउड र मेस्सी' भन्दै शीर्षकमै कडा रुपमा प्रस्तुत गरेको छ। पाँचमा २.५ स्टार दिएका छन् समीक्षकले। 

समीक्षकमात्र होइन भारतमा दर्शकले पनि खासै साथ दिएका छैनन बहु प्रचारित यो फिल्मलाई। नेपालमा भने फिल्मले शनिवारसम्म राम्रै व्यापार गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell