PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

पछिल्लो २४ घण्टामा थपिए ३३५ जना कोरोना संक्रमित



पहिलोपोस्ट

पछिल्लो २४ घण्टामा थपिए ३३५ जना कोरोना संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा तीन सयजना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। २ हजार ९९६ जनाको परीक्षण गर्दा ३३५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ९७१ पुगेको छ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ। जसकारण स्वास्थ्य सतर्कता अपनाउन र मास्कको प्रयोग गर्न जनस्वास्थ्यविज्ञहरुले आग्रह गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell