PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

सुन्दरीजलमा खोलामा एक किशोर खस्दा बेपत्ता, सेनादेखि सशस्त्र प्रहरी समेत खोजीमा परिचालन



पहिलोपोस्ट

सुन्दरीजलमा खोलामा एक किशोर खस्दा बेपत्ता, सेनादेखि सशस्त्र प्रहरी समेत खोजीमा परिचालन
फाइल फोटो

काठमाडौंः काठमाडौंको सुन्दरीजलस्थित बागमती खोलामा खसेर एक किशोर बेपत्ता भएका छन्।

काठमाडौंको कपनमा बस्दै आएका १६ वर्षीय शुभम श्री प्रधान बेपत्ता भएका हुन्। आज दिउँसो सवा ४ बजेतिर खोलामा फोटो खिच्ने क्रममा बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्। उनीसँगै अन्य सात जना घुम्न भनेर सुन्दरी जल पुगेका थिए।

'खोलामा खसेर एक किशोर बेपत्ता भएको भन्ने छ। अहिले खोजी कार्य भइरहेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले भने।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजी कार्यमा लागिरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell