PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना



पहिलोपोस्ट

स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना

काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वथ भएका छन्। मधुमेह बढेपछि उपचारका लागि उनलाई वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वीकयसचिव मनोज लिम्बूले जानकारी दिए।

वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले चक्कर र बान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना भएको बताए।

उनका अनुसार मन्त्री खापुङको अहिले वीरको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ।

“उहाँको प्रारम्भिक जाँच गरिएको छ। स्वास्थ्य अवस्था पनि राम्रो छ”, डा बस्नेतले भने, “जाँचको रिर्पोट आएपछि के रहेछ भन्ने थाहा हुन्छ।”



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell