PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

प्रेस युनियनको मतदान सम्पन्न



पहिलोपोस्ट

प्रेस युनियनको मतदान सम्पन्न

हेटौँडाः नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ। शनिबार दिउँसो २ बजेबाट सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको हो।

मतदानमा एक हजार ३९७ मत खसेको मतदान अधिकृत प्रवीण हुमागाईंले जानकारी दिए।

कूल एक हजार ६८७ मतदातामा एक हजार ३९७ जनाले मतदानमा भाग लिएका हुन्।

युनियनको अध्यक्षमा नेपाली कांग्रेसको संस्थापन पक्षबाट अनिता विन्दु र संस्थापनइतर समूहबाट शिव लम्सालको प्यानल चुनावी मैदानमा छ। अध्यक्षमा भुवन भट्टले पनि उम्मेदवारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell