PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

‘मल्लकालीन संस्कृति र चाडपर्व’ पुस्तक सार्वजनिक



पहिलोपोस्ट

‘मल्लकालीन संस्कृति र चाडपर्व’ पुस्तक सार्वजनिक
तस्विर : मुना प्रधान

काठमाडौं : डा वीरेन्द्रप्रसाद कायस्थद्वारा लिखित ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तक सार्वजनिक भएको छ। पुस्तकले नेपाली इतिहासमा स्वर्णकालका रुपमा रहेको मल्लकालीन संस्कृति र चाडपर्वबारे जानकारी हासिल गर्न सकिने जनाइएको छ।

विमोचित उक्त पुस्तक ८६ उपशीर्षकमा विभाजित छ। पुस्तकमा ज्योतिष विज्ञान तथा संस्कृति र चाडपर्वका विविध विषय समावेश गरिएका छन्। नेवार संस्कृतिमा मनाउने विभिन्न चाडपर्व जस्तै दसैँ, तिहारलगायतका विविध संस्कृति र चाडपर्वबारे विस्तृतरुपमा उल्लेख छन्।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पुस्तक विमोचन गरेका थिए। उनले ज्योतिषशास्त्रलाई विज्ञान र गणितको आँखाबाट हेर्नुपर्नेमा जोड दिए। इतिहासविद् तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले नेवाः संस्कृति परापूर्वकालदेखि गणितसम्मत रहेको चर्चा गर्दै मल्लकालीन संस्कृतिलाई हराउन दिने हो भने नेपालको वर्तमान पनि मरितूल्य हुने धारणा व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell