
प्रिसिजन मैत्रीपूर्ण खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बायर्न म्युनिखमाथि जित निकालेको छ। अमेरिकास्थित लामबेउ फिल्ड स्टेडियममा आज बिहान सम्पन्न खेलमा सिटीले बार्यनमाथि १-० गोल अन्तरको जित निकालेको हो।
सिटीको जितमा यसै सिजन बोरुसिटा डर्टमण्डबाट सिटी पुगेका अर्लिङ हल्याण्डले निर्णायक गोल गरे। उनले खेलको १२ औं मिनेटमा ज्याक ग्रिलिसको पासमा निर्णायक गोल गरेका थिए।
त्यस्तै आज बिहानै सम्पन्न अर्को मैत्रीपूर्ण खेलमा आर्सनलले चेल्सीमाथि फराकिलो जित निकाल्यो। अमेरिकास्थित क्याम्पिङ वर्ल्ड स्टेडियममा सम्पन्न फ्लोरिड कपको फाइनल खेलमा आर्सनलले ४-० को जित निकालेको हो।
खेलको १५ औं मिनेटमा गाब्रियल जिससको गोलमा अग्रता बनाएको आर्सनलका लागि दोस्रो गोल ३६ औं मिनेटमा मार्टिन ओडेगार्डले गरे। त्यस्तै ६६ औं मिनेटमा बुकायो साका र इन्ज्युरी समयमा अलबर्ट साम्बीले गोल गर्दा आर्सनलले फराकिलो जित निकालेको हो।