PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

आज प्रदेश १ को प्रदेशसभा बैठक बस्ने, कहिले पाउला प्रदेशले नाम ?



पहिलोपोस्ट

आज प्रदेश १ को प्रदेशसभा बैठक बस्ने, कहिले पाउला प्रदेशले नाम ?

काठमाडौं : प्रदेश नं १ प्रदेशसभाको बैठक आज बस्दैछ। आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ।

प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ।

प्रदेश नम्बर १ प्रदेशसभालाई आफ्नो यही अन्तिम कार्यकालभित्रै प्रदेशको नामाकरण टुंगो लगाउनुपर्ने दबाब छ। ७ प्रदेश मध्ये प्रदेश १ ले मात्र आफ्नो नाम राख्न सकेको छैन। नाम राख्ने विषयमा केहीदिन अघि सर्वदलीय बैठक पनि बसेको थियो। जसमा कार्यकालको अन्तिम अधिवेशनभित्रै नाम राख्नेमा सहमति जुटेको थियो।

दलहरुबिच प्रदेश नम्बर १ को नाम ‘किरात’ राख्ने विषयमा छलफल भइरहेको छ। तर, सहमति भने जुट्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell