PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

काभ्रेमा कस्तो छ कोरोना सङ्क्रमणको अवस्था ?



पहिलोपोस्ट

काभ्रेमा कस्तो छ कोरोना सङ्क्रमणको अवस्था ?

काठमाडौं : काभ्रेमा दैनिक कोरोना सङ्क्रमणदर बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० जनामा सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ। अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँचजनामा सङ्क्रमण देखिएको थियो।

कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना सङ्क्रमित पहिचान भइरहेको छ। १३ स्थानीय तहमध्ये सात तहमा सङ्क्रमण देखिएको छ। यसमध्ये सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १३ जना महिलासहित २६ जनामा सङ्क्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा आठ सङ्क्रमित निको भएको जनाइएको छ। पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकाको एक-एक सङ्क्रमित आइसोलेशनमा उपचाररत रहेको कार्यालय प्रमुख डा पुरुषोत्तम सेडाईँले जानकारी दिए। उनका अनुसार पछिल्लो दिनमा सङ्क्रमणदर बढिरहेकाले परीक्षणको दायरा बढाइँदै लगिनेछ।

यस्तै नमोबुद्ध नगरमा ६ जना, बनेपा नगरमा ४ जना र महाभारत गाउँपालिकामा एकजना सङ्क्रमित रहेका छन्। हाल जिल्लामा कूल ४२ जनामा सङ्क्रमण रहेको हो। करिब दुई वर्ष पाँच महिनाको अवधिमा जिल्लामा हालसम्म १७ हजार ६२९ जनामा सङ्क्रमण देखिएको छ। यसमध्ये १९५ जना सङ्क्रमितको मृत्यु भइसकेको कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell