PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

सुन्दरीजलस्थित बागमती खोलामा खसेर बेपत्ता भएका किशोर अझै भेटिएनन्, बिहानैदेखि सुरक्षाकर्मीको टोली खोजीमा



पहिलोपोस्ट

सुन्दरीजलस्थित बागमती खोलामा खसेर बेपत्ता भएका किशोर अझै भेटिएनन्, बिहानैदेखि सुरक्षाकर्मीको टोली खोजीमा

काठमाडौंः शनिवार दिउँसो काठमाडौंको सुन्दरीजलस्थित बागमती खोलामा खसेर बेपत्ता भएका किशोर अझै फेला परेका छैनन्।

काठमाडौंको कपनमा बस्दै आएका १६ वर्षीय शुभम श्री प्रधान बेपत्ता शनिवार दिउँसो सवा ४ बजेतिर खोलामा फोटो खिच्ने क्रममा बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्। उनीसँगै अन्य सात जना घुम्न भनेर सुन्दरी जल पुगेका थिए। शनिवार जानकारी पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी  र नेपाली सेनाको टोलीले खोजी गरेको थियो। तर खोज्दा समेत किशोर फेला परेनन्।

आज बिहान करिब ७ बजेदेखि पुनः सुरक्षाकर्मीको टोलीले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell