PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

एउटै रुखमा तीन जना किशोरी झुन्डिएको अवस्थामा फेला, शनिवार घुम्न भनेर निस्किएका थिए



पहिलोपोस्ट

एउटै रुखमा तीन जना किशोरी झुन्डिएको अवस्थामा फेला, शनिवार घुम्न भनेर निस्किएका थिए

काठमाडौं : झापामा एउटै रुखमा तीन जना किशोरीहरू झुन्डिएको अवस्थामा फेला परेका छन्।

आज बिहान झापाको कचनकवल गाउँपालिका ५ स्थित दिलेगाउँमा तीन जना किशोरीहरू झुन्डिएको अवस्थामा फेला परेका हुन्। पञ्चम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जलि र वीरुवल गणेशकी १६ वर्षीय छोरी कल्पना मृत भेटिएका हुन्।

उनीहरू शनिवार बिहानदेखि हराएको भन्दै खोजी भइरहेको थियो। उनीहरु घुम्न भन्दै घरबाट निस्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको हो। आज बिहान खोला नजिकै रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा भेटिएको कचनकवल गाउँपालिकाका अध्यक्ष कलेन्द्र प्रसाद सिंह राजवंशीले बताए।

‘दुई जनाले डोरीको पासो र एक जनाले सलको पासो लगाएर झुन्डिएका छन्। प्रहरी आएर अहिले मुचुल्का उठाइरहेको छ,’ अध्यक्ष राजवंशीले भने।

तीनै जना झापाको चिया बगानमा काम गर्दै आएका थिए। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell