PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

युरोपका ४४ देशमा प्रदर्शन हुँदैछ बेनिशा हमाल अभिनित फिल्म ‘प्रेमगन्ज’



पहिलोपोस्ट

युरोपका ४४ देशमा प्रदर्शन हुँदैछ बेनिशा हमाल अभिनित फिल्म ‘प्रेमगन्ज’

काठमाडौं : फिल्म ‘प्रेमगन्ज’ जर्मनी लगायत युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने भएको छ। यो फिल्म जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्ड लगायत युरोपका ४४ देशमा प्रदर्शन हुने निर्देशक परिच्छेद सेनले जानकारी दिए।

‘प्रेमगन्ज’लाई जर्मनीको ‘लोकाह फिल्म इन्टरटेनमेन्ट’ले युरोपमा प्रदर्शन गर्दैछ। जुन जर्मनीको प्रतिष्ठित वितरक कम्पनी हो। अन्तर्राष्ट्रिय कम्पनीले नेपाली भाषाको फिल्म यसरी प्रदर्शन गर्न लागेको नेपाली इतिहासमै पहिलो पटक भएको दाबी गर्छन् निर्देशक सेन।

‘यसअघि पनि धेरै फिल्महरू विदेशमा प्रदर्शन त भएका छन्। तर, यसरी विदेशी कम्पनीले किनेर रिलिज गर्न लागेको पहिलोपटक हो। अन्तर्राष्ट्रिय रुपमा देखाउने हाम्रो पहिलो प्रयास हो। अहिले हामीले पैसा भन्दा पनि बाटो खोजिरहेका छौँ। यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई बाटो खुल्ने छ,’ उनले भने।

भारतमा रिलिजको लागि पीभीआर कम्पनीसँग कुरा भइरहेको समेत उनले सुनाए।

फिल्ममा बेनिशा हमालका साथै तेज गिरी, सम्पदा बानियाँ, राईडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्काको पनि अभिनय रहेको छ। निर्देशक परिच्छेदकै लेखन रहेको यो फिल्म आगामी भदौ ३ गते प्रदर्शन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell