PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

भक्तपुरमा रुखले बस र स्कुटर च्याप्दा तीन जनाको मृत्यु, १२ जना घाइते



पहिलोपोस्ट

भक्तपुरमा रुखले बस र स्कुटर च्याप्दा तीन जनाको मृत्यु, १२ जना घाइते

काठमाडौं : भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटीलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ।

सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्।

घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार भइरहेको प्रजिअ शर्माले जानकारी दिइन्। मृत्यु भएका तीनमध्ये एक जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन बाँकी छ। मृतक नितेश खर्वुजाको सनाखत भएको हो ।

अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell