PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

भक्तपुरको सडकमा लडेको रुख र च्यापिएको बसलाई सुरक्षाकर्मीले यसरी हटाए

भक्तपुरको सडकमा लडेको रुख र च्यापिएको बसलाई सुरक्षाकर्मीले यसरी हटाए

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ। त्यस्तै, १२ जना घाइते भएका छन्।

सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको हो। घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तराष्ट्रिय अस्पताल उपचार भइरहेको छ।

त्यस्तै, सुरक्षाकर्मीले रुख ढलेर च्यापिएको बस समेत हटाएका छन्। क्रेनको सहायताले रुख र बसलाई सडकबाट हटाएर बाटो सञ्चालनमा ल्याइएको छ। गृहमन्त्री बालकृष्ण खाणले घाइतेलाई तत्काल उद्धार गर्न र बाटो खुलाउन प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई निर्देशन दिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell