PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

महेश बस्नेतको दाबी : सरकार संसद् विघटन गर्ने तहसम्म पुग्यो



पहिलोपोस्ट

महेश बस्नेतको दाबी : सरकार संसद् विघटन गर्ने तहसम्म पुग्यो

काठमाडौं : नेकपा (एमाले)का प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सरकारले प्रतिनिधिसभा विघटन गर्ने दाबी गरेका छन्। आइतवार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बस्नेतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार अल्पमतमा पर्ने र संसद्लाई विघटन गर्ने बताए।

‘संसद् विघटन गरौँ भन्ने तहसम्म नेपाली कांग्रेसको नेतृत्व पुगेको छ। उहाँहरुको सरकार टिक्ने अवस्था छैन। अल्पमतमा पर्ने स्थिति बन्यो भने संसद् विघटन गरौँ भन्ने तहसम्म गठबन्धन बसिरहेको छ,’ बस्नेतले भने।

ओलीलाई आरोप लगाएर आलोचना गरेपनि अहिले कांग्रेस नेतृत्वको सरकारले पनि त्यही गरिरहेको उनले बताए।

‘हिजो केपी ओलीलाई लगाइएका आरोपहरु आकाश तिर थुक्दा आफ्नै मुखमा आउँछ भनेजस्तै भएको छ,’ बस्नेतले भने।

उनले सरकारले संसदीय निर्वाचनको मिति तोकेर अघि बढनुपर्ने बताए। उनले आरोप प्रत्यारोप गरेर मात्रै अघि बढन नसकिने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell