PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

सुन्दरीजलस्थित बागमती खोलामा हराएका युवकको झन्डै २४ घण्टापछि शव भेटियो



पहिलोपोस्ट

सुन्दरीजलस्थित बागमती खोलामा हराएका युवकको झन्डै २४ घण्टापछि शव भेटियो

काठमाडौंः शनिवार दिउँसो काठमाडौंको सुन्दरीजलस्थित बागमती खोलामा खसेर बेपत्ता भएका किशोर मृत अवस्थामा फेला परेको छ।

काठमाडौंको कपनमा बस्दै आएका १६ वर्षीय शुभम श्री प्रधान बेपत्ता शनिवार दिउँसो सवा ४ बजेतिर खोलामा फोटो खिच्ने क्रममा बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्। उनीसँगै अन्य सात जना घुम्न भनेर सुन्दरी जल पुगेका थिए। शनिवार जानकारी पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी  र नेपाली सेनाको टोलीले खोजी गरेको थियो।

आज बिहान करिब ७ बजेदेखि पुनःसुरक्षाकर्मीको टोलीले खोजी गर्दा हराएको ठाउँ नजिकै फेला परेको प्रहरीले जानकारी दिएको छ।

'ढुंगाले च्यापिएको अवस्थामा हराएको ठाउँभन्दा नजिकै शव भेटिएको छ,' काठमाडौं प्रहरी कार्यालयका एसपी दिनेशराज मैनालीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell