PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

फिल्म ‘द सिक्रेट अफ राधा’को ट्रेलरमा हराएका श्रीमानको पर्खाइमा सृष्टि



पहिलोपोस्ट

फिल्म ‘द सिक्रेट अफ राधा’को ट्रेलरमा हराएका श्रीमानको पर्खाइमा सृष्टि

काठमाडौं : सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ। आगामी भदौ १० गते रिलिज हुने फिल्मको ट्रेलरमा अभिनेत्री सृष्टि श्रेष्ठ मुख्य पात्र राधाको भूमिकामा देखिएकी छिन्।

यो फिल्म सृष्टि वरिपरि घुमेको देख्न सकिन्छ। २ मिनेट २० सेकेन्ड लामो ट्रेलरबाट गाउँले महिलाको भूमिकामा देखिएकी सृष्टिले हराएका  श्रीमानको खोजी गरिरहेको र पर्खाइमा बसेको देख्न सकिन्छ। ट्रेलरले कथा चुहाएको छैन जसकारण ‘राधा’को ट्रेलरले दर्शकमा कौतुहलता जगाउन सफल भएको छ।

यस फिल्ममा सृष्टिका साथै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुरस्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ। साथै दयाहाङ राई र निश्चल बस्नेतको पनि विशेष भूमिका रहेको छ।

आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा निर्माण निर्देशक थापासँग मिलेर सौगातले निर्माण गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell