PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

पाल्पाको लघुवामा बस दुर्घटना, पूर्ण विवरण आउन बाँकी



पहिलोपोस्ट

पाल्पाको लघुवामा बस दुर्घटना, पूर्ण विवरण आउन बाँकी

बुटवल : पाल्पामा यात्रुबाहक बस दुर्घटना भएको छ।

गुल्मीको सदरमुकाम तम्घासबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवामा आइतवार दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिए। मानवीय क्षति धेरै हुन सक्ने प्रहरीले आँकलन गरेको छ।

अहिले उद्धार कार्य जारी छ। दुर्घटनाबारे पूर्ण विवरण भने आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell