PahiloPost

Jan 29, 2026 | १६ माघ २०८२

१ सय ३१ किलो गाँजासहित एक जना पक्राउ



पहिलोपोस्ट

१ सय ३१ किलो गाँजासहित एक जना पक्राउ

हेटौँडा : मकवानपुर प्रहरीले ठूलो मात्रामा घरमा लुकाई राखेको लागुऔषध गाँजासहित एक जनालाई प्रकाउ गरेको छ।

शनिवार विशेष सूचनाको आधारमा प्रहरी चौकी नामटारबाट खटिएको प्रहरी टोलीले भीमफेदी-९ बस्ने खैवा रुम्वा भन्ने सोनम सिं रुम्वाको घरबाट गाँजा बरामद गरेको हो।

रुम्वाले घरमा तयारी अवस्थामा लुकाई राखेको १३१ किलो लागुऔषध गाँजा फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell