PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

५० हजार नक्कली नोटसहित सर्लाहीबाट एक भारतीय नागरिक पक्राउ



पहिलोपोस्ट

५० हजार नक्कली नोटसहित सर्लाहीबाट एक भारतीय नागरिक पक्राउ

वीरगंज : जिल्ला प्रहरी कार्यालय सर्लाहीले नेपाली नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार सितामढी सोनबर्षा पर्छुहिया-९ का ४० वर्षीय लालमोहन पासवान रहेका छन्।

हरिवन नगरपालिका-११ स्थित कार्की पुस्तक पसल अगाडिबाट पासवानलाई ५० हजार नक्कली नोटसहित पक्राउ गरिएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी गराए।

नक्कली नोट चलनमा ल्याइरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। एक हजार रुपैयाँको ५० वटा नोट बरामद भएपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell