PahiloPost

Jan 29, 2026 | १६ माघ २०८२

पाल्पा बस दुर्घटना अपडेट : २ जनाको मृत्यु, १२ जनाको उद्धार



पहिलोपोस्ट

पाल्पा बस दुर्घटना अपडेट : २ जनाको मृत्यु, १२ जनाको उद्धार

बुटवल : पाल्पामा यात्रुवाहक बस दुर्घटना भएको छ। बागलुङको बुर्तिबाङबाट बुटवलको लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवामा आइतवार दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले दुर्घटनामा २ जनाको मृत्यु भएको पुष्टि गरे। त्यस्तै, १२ जनालाई उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पामा पठाएको उनले बताए।

बसमा २२ जना सवार रहेको बताइएको छ। अहिले उद्धार कार्य जारी छ। दुर्घटनाबारे पूर्ण विवरण भने आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell