PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पाँच दलीय गठबन्धनभन्दा वाम एकता आवश्यक छ, तर एमाले तयार भएन : झलनाथ खनाल



पहिलोपोस्ट

पाँच दलीय गठबन्धनभन्दा वाम एकता आवश्यक छ, तर एमाले तयार भएन : झलनाथ खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले वाम मोर्चा बनाएर चुनावमा जान छलफल भइरहेको बताएका छन्। प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारलाई सक्षिप्त प्रतिक्रिया दिँदै खनालले वामपन्थी एकता गरेर चुनावमा जानुपर्ने तर्क गरे।

तर, सबै कम्युनिस्ट पार्टीहरु चुनावी मोर्चाका लागि तयार नभएको उनको भनाइ छ।

‘हामी यो देशका वामपन्थी र समाजवादी पार्टी, समूहहरु एकतावद्ध भएर एउटा मोर्चा बनाएर चुनावतिर जाउँ भन्ने खालका कुरा सोच्दैछौँ। तर, कतिपय समूह तयार नै छैन,’ खनालले भने।

खनालले तत्कालीन आवश्यकता पाँच दलीय सत्ता गठबन्धन भएपनि दीर्घकालीन आवश्यकता वाम एकता नै भएको बताए। उनले एमालेसँग पनि वाम एकताका लागि अनौपचारिक कुराकानी भएको जानकारी दिएका छन्।

तर, एमालेसँगको संवाद सकारात्मक नरहेको खनालको भनाइ छ। खनालले स्थानीय तह निर्वाचनको मत परिणाम आएलगतै नेपाली कांग्रेससँग भन्दा एमालेसँग मिलेर अघि बढनुपर्ने मत राखिरहेका छन्।

तर, एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने सरकार नछोडेसम्म गठबन्धनमा रहेका कम्युनिस्ट पार्टीसँग एकता हुन नसक्ने शर्त अघि सारेका छन्। पछिल्लो समय नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका नेताले एमालेसँग संवाद गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell