PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

पाल्पा बस दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो, १७ जनाको उद्धार



पहिलोपोस्ट

पाल्पा बस दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो, १७ जनाको उद्धार

बुटवल : पाल्पामा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। घटनास्थलबाट १७ जनाको उद्धार गरिएको छ।

दुर्घटनामा ३ पुरुष र ३ महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए। घाइते १७ जनालाई तानसेनस्थित मिसन अस्पतालमा पठाएको उनले बताए।

बागलुङको बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवामा आइतवार दुर्घटना भएको हो। बस सडकबाट ४ सय मिटर तल खसेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell