PahiloPost

Mar 27, 2026 | १३ चैत्र २०८२

सिरहामा मिटर ब्याज पीडितहरुले गरे प्रदर्शन, सीडीओले मुद्दा दर्ता नगरेको आरोप



पहिलोपोस्ट

सिरहामा मिटर ब्याज पीडितहरुले गरे प्रदर्शन, सीडीओले मुद्दा दर्ता नगरेको आरोप

सिरहा : सिरहामा मिटर ब्याजबाट पीडितहरुले प्रदर्शन गरेका छन्। सिरहाको गोल बजारमा मिटर ब्याजीहरुविरुद्ध पीडितहरुले आइतवार प्रदर्शन गरेका हुन्।

गृह मन्त्रालयले मिटर ब्याजमा संलग्नहरुलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई परिपत्र जारी गरेपनि कारबाही नभएको पीडितको आरोप छ। मिटर ब्याज पीडितहरुलाई संगठित गर्ने नेतृत्व गरिरहेका मनोज पासवानले, पीडिकसँगको मिलेमतोमा सीडीओले मुद्दा दर्ता नगरेको आरोप लगाएका छन्।

यसैगरी, आन्दोलनको नेतृत्व गरिरहेका संघर्ष दाहालले कानुनले गरिबको पक्षमा काम नगरे पीडितहरुले आफैँ मिटर ब्याजमा संलग्नहरुलाई कारबाही गर्ने चेतावनी समेत दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell