PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

चार वर्षीय बालिकाको बलात्कारपछि हत्याः घटनामा संलग्न दुई जना पक्राउ, दुई अझै फरार



पहिलोपोस्ट

चार वर्षीय बालिकाको बलात्कारपछि हत्याः घटनामा संलग्न दुई जना पक्राउ, दुई अझै फरार

वीरगंजः चार वर्षीय बालिकालाई बलात्कारपछि हत्या गरेको अभियोगमा वीरगंजमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। साउन ५ गते घटना भएको थियो। प्रहरीले आइतबार वीरगंज २ घुसुकपुरका १९ वर्षीय जफ्रुद्दिन भन्ने सलमान खान र वीरगंज १६ नगवाका अर्का सलमान खानलाई पक्राउ गरेको हो।

बालिकाको जफ्रुद्दिनसहित ४ युवकले जबर्जस्ती करणी गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बालिकाको शनिबार बिहान वीरगंज २ छपकैया घुसुकपुरस्थित खाली जग्गाको झाडीमा शव फेला परेको थियो।

पक्राउ परेकामाथि जबर्जस्ती करणी तथा ज्यानसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धन भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी प्रह्लाद कार्कीले जानकारी दिए।

घटनामा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell