PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

पाल्पा बस दुर्घटना अपडेटः घाइतेको परिचय खुल्यो, मृतक सनाखत हुन बाँकी



रमेश पराजुली

पाल्पा बस दुर्घटना अपडेटः घाइतेको परिचय खुल्यो, मृतक सनाखत हुन बाँकी

बुटवलः पाल्लामा यात्रु बस दुर्घटना हुँदा घाइते भएका १६ जनाको पहिचान खुलेको छ। दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन सकेको छैन।

बागलुङ बुर्तिबाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका -२ लघुवामा आइतबार अपराह्न दुर्घटना भएको थियो।

घाइते हुनेहरुमा बस चालक रुपन्देहीको कन्चन ५ का ३३ वर्षीय किषन श्रीष, बागलुङको बडीघाट १० का १८ वर्षीय सिजन थापा, रुपन्देहीको बुटवल ११ का ५७ वर्षीय गोविन्द थापा, गुल्मी मझुवाकी २१ वर्षीया रचना सुवेदी, गुल्मीको चन्द्रकोट ८ का ३१ वर्षीय चन्द्रबहादुर कामी, कपिलवस्तुको वाणगंगा २ का ४२ वर्षीय पिताम्बर रेग्मी, गुल्मी चन्द्रकोट ८ की ६ वर्षीय रिया सुवेदी रहेका छन्।

त्यसैगरी गुल्मीको सत्यवती ६ का ३५ वर्षीय छविलाल ढकाल, नवलपरासीको बर्दघाटका ५६ वर्षीय अम्मरे कामी, गुल्मी सत्यवती ६ का १५ वर्षीय पुजन ढकाल, बागलुङ पाटनका ३० वर्षीय टेकलाल रसाइली, रौतहट वीरेन्द्रवन ७ का २८ वर्षीय सञ्जयकुमार ठाकुर, म्याग्दीको रुमा २ की ३९ वर्षीया सुमित्रा रोका, सोही ठाउँका ४ वर्षीय विश्वास रोका, रुपन्देही देवदह ७ का ६१ वर्षीय खडकबहादुर विक रहेका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

दुर्घटनामा ३ महिला र ३ पुरूष गरी ६ जनाको मृत्यु भएको छ। घाइतेहरुको तानसेनस्थित यूनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

बस सडकबाट झण्डै ४ सय मिटर तल खसेको छ। सडकको डिल भासिएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

उक्त ठाउँ नजिकै यसअघि मलामी सवार बस दुर्घटना भएको थियो। गत पुस १८ गते बुटवलबाट गुल्मीको रिडीतर्फ शव बोकेर जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाले ज्यान गुमाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell