PahiloPost

Mar 27, 2026 | १३ चैत्र २०८२

'जलवायु आपतकाल घोषणा गर्ने विचार गरिरहेका छन् अमेरिकी राष्ट्रपति बाइडेन'



पहिलोपोस्ट

'जलवायु आपतकाल घोषणा गर्ने विचार गरिरहेका छन् अमेरिकी राष्ट्रपति बाइडेन'
Photo : AP

अमेरिकाका जलवायु विशेष दूत जोन केरीले राष्ट्रपति जो बाइडेनले जलवायु आपतकाल घोषणा गर्ने विचार गरिरहेको बताएका छन्।

यो कदमले बाइडेनलाई नवीकरणीय ऊर्जाको एजेन्डालाई अगाडि बढाउन सहयोग पुग्ने बताइएको छ। अमेरिकी कंग्रेसबाट समर्थन नपाउँदा बाइडेनको उक्त योजना अघि बढ्न सकेको छैन। केरीले बाइडेनबाहेक अरु कोही पनि कार्बन उत्सजर्न घटाउन प्रतिबद्ध नदेखिएको समेत बताएका छन्।

हाल विश्वभर तापक्रम वृद्ध भइरहेको छ। युरोपका देशहरुमा तापक्रम वृद्धिले नयाँ ‘रेकर्ड’ कायम गरेको छ। अमेरिका र युरोपका कतिपय क्षेत्र डढेलोबाट प्रभावित भएका छन्। अमेरिकाको २४ भन्दा बढी राज्यमा तापक्रम ह्वात्तै वृद्धि भए हुँदा जनजीवन प्रभावित भएको छ। गत बुधवार बाइडेनले प्रतिकूल मौसम र प्राकृति प्रकोपहरुको सामना गर्न सक्ने पूर्वाधार निर्माणका लागि २.३ बिलियन अमेरिकी डलर सहयोगको घोषणा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell