PahiloPost

Jan 29, 2026 | १६ माघ २०८२

अछामको भुलुमा पहिराले घर पुरिँदा तीनजनाको मृत्यु



पहिलोपोस्ट

अछामको भुलुमा पहिराले घर पुरिँदा तीनजनाको मृत्यु
प्रतिकात्मक तस्विर

काठमाडौं : अछामको तुर्माखाँद गाउँपालिका-२ भुलुमा गए राति पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ। अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीका अनुसार घरभित्र सुतिरहेका तीन जनाको पहिरोबाट मृत्यु भएको हो।

मृत्यु हुनेमा दुई जना पुरुष र एक महिला छन्। उनीहरुको परिचय खुल्न बाँकी छ। पहिरो गएको स्थानबाट घाइतेको उद्धार गरि प्राथमिक स्वास्थ्य केन्द्र भुलु पुर्‍याइएको छ। त्यहाँ उनीहरुको उपचार भइरहेको छ।

दुर्गम क्षेत्र भएकाले त्यहाँ सम्पर्क हुन कठिन भइरहेको प्रहरीले जनाएको। घटनास्थलमा गएराति नै प्रहरीको टोली खटिए पनि अझै पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell